काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ ।
कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु मंसिर २४ गतेदेखि माघ १६गतेभित्र पुर्नजागरण गराउने बीमितहरुलाई ब्याज छुटको व्यवस्था गरेको हो ।
कम्पनीले वि.स २०७६ मंसिर २४ गते सम्म व्यतित बीमालेखको हकमा ५० प्रतिशत, २०७३ मंसिर २४ गतेसम्म व्यतित बीमालेखको हकमा २५ प्रतिशत र बीम अवधि समाप्त हुन २ वर्ष वा सो भन्दा कम समयावधि बाँकी भएका बीमालेखको हकमा १० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।
एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई बीमा अवधिभर पुनःब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।