काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन्। कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनीको कम्पनी सचिवमा नियुक्त गरेको हो।
उनलाई माघ २९ गतेबाट नै लागू हुने गरी एशियन लाइफको कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।