एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2022-04-10
एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको मोरङ शाखाले घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७८९ रूपैँयाबराबरको मृत्यु दाबी हस्तान्तरण गरेको हो ।

उक्त रकम बीमितकी छोरी नबिना सुब्बालाई वडा नम्बर ७ का वडा अध्यक्ष कपिलमणी ढकाल र कम्पनीका सहायक क्षेत्रिय प्रमुख शान्तिराम निरौलाले संयुक्त रूपमा हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

स्वर्गीय बीमित विष्णु कुमारीले वि.स २०७५ साल कार्तिक ३० गते एशियन लाइफ इन्स्योरेन्समा १५ लाख रुपैयाँको २० वर्षे जीवन संजीवनी बीमालेख खरिद गरेकी थिइन् । गत माघ २८ गते हृदयघातबाट उनको मृत्यु भएको थियो। 


Share this with your friends: