काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ। कम्पनीले २०७७ कात्तिक मसान्त सम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका) बीमालेख २०७७ मंसिर १५ देखि पुस २४ गतेसम्म पूनर्जागरण गराउने बीमितलाई बिलम्ब शुल्कमा लाग्ने ब्याजमा ५० देखि ७५ प्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो।
कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्ष भित्र व्यतित भएको बीमालेखको हकमा ७५ प्रतिशत ब्याज छुट प्रदाज गरिने जनाएको छ।
यस्तै भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्ष भन्दा बढी व्यतित भएको बीमालेखको हकमा ५० प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीले घोषणा गरिएको ब्याज छुटको सदुपयोग गर्न र थप जानकारीका लागि कम्पनीको शाखा वा उपशाखा तथा सम्बन्धित अभिकर्तासँग सम्पर्क गर्न सूचना जारी गरेको छ।