ओरियन्टल इन्स्योरेन्सको मुनाफामा उल्लेख्य वृद्धि, बीमाशुल्क आर्जन २२.४६%ले बढ्यो

2021-12-12
ओरियन्टल इन्स्योरेन्सको मुनाफामा उल्लेख्य वृद्धि, बीमाशुल्क आर्जन २२.४६%ले बढ्यो

काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २८ करोड ४० लाख ३ हजार १७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.४६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड १९ लाख १६ हजार ६६६ रुपैयाँ खुद बीमाशुल्क अर्जान गरेको थियो। 

यस्तै समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७ करोड ५७ लाख २८ हजार ३०५ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३ करोड ९७ लाख ३१ हजार ४०० रुपैयाँ आर्जन गरेको थियो। 

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले २ करोड ७९ लाख ६२ हजार ६८६.५६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोहि अवधिसम्म यो रकम १७ करोड २६ लाख ४५ हजार ९५५ रुपैयाँ थियो। 

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी २ करोड ५४ लाख ३ हजार १३६ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। 

अघिल्लो आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ६९ लाख ८५ हजार ९३० रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च ९.२९ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ३ करोड ४३ लाख ७३ हजार ८०७ रुपैयाँ रहेको छ।    


Share this with your friends: