कर्णाली डेभलपमेन्ट बैंकको दुई आ.वको वार्षिक साधारण सभा फागुन २१ गते

2021-02-18
कर्णाली डेभलपमेन्ट बैंकको दुई आ.वको वार्षिक साधारण सभा फागुन २१ गते

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। बैंकको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले आ.व २०७४/७५ र २०७५/७६ को वार्षिक साधारण सभा एकैपटक डाकेको हो। 

बैठकले बैंकको १५ औँ र १६ औँ वार्षिक साधारण सभा आउँदो फागुन २१ गते शुक्रबारका दिन नेपालगंमा अवस्थिीत मेरो प्लानेटमा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा बैंकको प्रबन्धपत्र नियम २ को उपनियम २ बमोजिम बैंकको कार्यक्षेत्र विस्तार गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७४/७५ र २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७४/७५ र २०७५/७६ को नाफा नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसुचिमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७५/७६ र २०७५/७६ को लेखापरीक्षणका लागि नियुक्त भएका लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

यस्तै सभामा बैंकको ख सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

 


Share this with your friends: