कर्णाली डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

2022-02-03
कर्णाली डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी फागुन २० गते शुक्रबारका दिन नेपालगंजमा रहेको कल्पतरु होटलमा जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै आ।व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले आगामी माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: