कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीका लागि साझेदारी

2022-01-10
कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीका लागि साझेदारी

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। 

यस सुविधामार्फत बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैंकिङमार्फत नमस्ते पेमा फन्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्नेलगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन्। 

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्ट र एउटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ। 

यसका साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ र सी–आस्बालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ। समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना पनि छ।


Share this with your friends: