कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

2022-03-03
कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लामा थप ३ शाखा विस्तार गरेको छ।

चितवनको खैरहनी नगरपालिका वडा नं। ८ स्थित पर्सा बजारमा १३० औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औँ र भरतपुर महानगरपालिका वडा नं। २५ स्थित अमृतचोकमा १३२ औँ शाखा कार्यालय स्थापना गरी बैंकले आज फागुन १८ गतेदेखि कारोबार सुरु गरेको हो। 

बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ। बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए। 

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यससँगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 


Share this with your friends: