कामना सेवा विकास बैंकद्वारा धनगढीमा शाखा विस्तार

2022-03-28
कामना सेवा विकास बैंकद्वारा धनगढीमा शाखा विस्तार

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४ औँ शाखा कार्यालय स्थापना गरी आज चैत १३ गतेदेखि कारोबार सुरु गरेको छ। 

बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधाहरु उपलब्ध गराउँदै आएको छ। बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए। 

बैंकले सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। धनगढी शाखासँगै १३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत बैंकले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।


Share this with your friends: