किसान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, १००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव

2021-03-21
किसान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, १००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको दोस्रो वार्षिक साधारण सभा डाकेको हो। 
बैठकले आउँदो चैत २९ गते संस्थाको कैलाली लम्कीचुहा नगरपालिकामा रहेको आफ्नै भवनमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित १ः१(सत्प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै संस्था गाभ्ने/गाभिने वा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्थाको खोजी मर्जर सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

 


Share this with your friends: