कुमारी बैंकको आकर्षक योजना, बिनाधितो ८.५% ब्याजदरमा सेयर कर्जा पाइने

2020-10-02
कुमारी बैंकको आकर्षक योजना, बिनाधितो ८.५%  ब्याजदरमा सेयर कर्जा पाइने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सेयर लगानीकर्ताका लागि आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले बिनाधितो मार्जिन लेण्डिङको योजना सार्वजनिक गरेको हो। अहिले बजारमा प्रवाह हुने सेयर कर्जाहरुमा सेयर खरिद गर्नुअघि सेयर धितो आवश्यक पर्ने अवस्थामा कुमारी बैंकको यो नयाँ योजना आएको हो। 

यो योजना अन्र्तगत अब लगानीकर्ताले बिनाधितो बैंकबाट ऋण लिएर सेयर खरिद गर्न सक्नेछन्। यो योजना अन्र्तगत लगानीकर्ताले सेयर खरिदका लागि आफ्नो सेयर धितो राख्नुपर्ने छैन। बैंकले सर्वप्रथम बिनाधितो ऋण दिन्छ र त्यहि ऋणबाट खरिद गरिएको सेयर धितोमा राखिदिन्छ। 

बैंकको यो योजनाबाट सेयर लगानीका लागि पैसा नभएका र सेयर पनि नहुने सजिलै सेयरमा लगानी गर्नसक्ने छन्। 

यो योजना अन्र्तगत सेयर खरिद गर्न चाहने लगानीकर्ताले ब्रोकरको माध्यमबाट बैंकमा सम्पर्क गर्नुुपर्नेछ। 

बैंकले सेयर कर्जाको ब्याजदर ८.५ प्रतिशत कायम गरेको छ र यसमा ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क लाग्नेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम १० लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म बिनाधितो सेयर किन्न कर्जा पाउनेछन् ।  

 


Share this with your friends: