कृषि विकास बैंकद्वारा लाभांस प्रस्ताव

2020-12-14
कृषि विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २९ गते) बिहान ७ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ मा कायम रहेको साधारण चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १५.०७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेकोे छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ। 

यस्तै बैंकले बैंकले नेपाल सरकारको आग्राधिकार शेयरमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

 


Share this with your friends: