कोरोना संक्रमणबाट जनरल इन्स्योरेन्स बर्दिबास शाखा प्रमुख कमल कुमार सत्यालको निधन

2021-06-04
कोरोना संक्रमणबाट जनरल इन्स्योरेन्स बर्दिबास शाखा प्रमुख कमल कुमार सत्यालको निधन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दिबास शाखाका प्रमुख कमल कुमार सत्यालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

कम्पनीको बर्दिबास शाखाको प्रमुखका रुपमा कार्यरत सत्यालको कोरोना हिजो(जेठ २० गते ४५ वर्षको उमेरमा निधन भएको हो । भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनलाई  कोरोना संक्रमण कम भएर अवस्था सामान्य भएपछि सामान्य वार्डमा सारिएको थियो । 

कम्पनीले उनको मृत्युमा शोक प्रकट गर्दै मृतकको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।   


Share this with your friends: