कोरोना महामारीका बाबजुत चाइना रिइन्स्योरेन्स गुप्रको प्रिमियम २०%ले वृद्धि

2020-09-02
कोरोना महामारीका बाबजुत चाइना रिइन्स्योरेन्स गुप्रको प्रिमियम २०%ले वृद्धि

काठमाण्डौ । कोरोना महामारीका बाबजुत सन् २०२० को पहिलो ६ महिनामा चीनको, चाइना रिइन्स्योरेन्स गुप्रको प्रिमियम र नाफामा उछाल आएको छ। पहिलो  ६ महिनामा गुप्रको खुद लिखित प्रिमियम २०.५ प्रतिशतले वृद्धि हुदै १०२.१ बिलियन आरएमबी(चीनीया मुद्धा) पुगेको छ। त्यस्तै खुद सम्पत्ति तथा दुर्घटना रिइन्स्योरेन्स व्यापार १७.६ प्रतिशत, खुद जीवन तथा स्वास्थ्य रिइन्स्योरेन्स व्यापार ३१.४ प्रतिशतले बढेको छ। 

चीनमा रोजगारमा फर्कनेको संख्या र उत्पादनमा भएको वृद्धिका कारण गुप्रको कुल मुनाफा बढेर ७२९ आरएमबी पुगेको छ। त्यस्तै कम्पनीको वार्षिक कुल लगानी प्रतिफल पनि ५.४८ प्रतिशतले बढेको छ। गुप्रको घरेलुका साथै देश बाहिरको व्यापारमा समेत उछाल आएको छ। 
गुप्रको ओभरसिज सम्पत्ति तथा दुर्घटना रिइन्स्योरेन्स व्यापारमा १४.९ प्रतिशतको उछाल आएको छ। 

चाइना रि गुप्र, चीनको वित्त मन्त्रालय र सेन्ट्रल हुईजिन इनभेष्टमेन्ट कम्पनी लिमिटेडको सह संस्थापनमा स्थापना भएको हो। सन् २०१५ मा चाइना रि गुप्र हंकंग स्टक एक्सेन्जमा सूचिकृत हुने पहिलो रिइन्स्योरेन्स कम्पनी बनेको थियो।  

 


Share this with your friends: