गभर्नर अधिकारीद्वारा ‘साउथ एशिया लिडर्स राउन्डटेबल’ लाई सम्बोधन

2021-11-18
गभर्नर अधिकारीद्वारा ‘साउथ एशिया लिडर्स राउन्डटेबल’ लाई सम्बोधन

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले गरिबी निवारणको लक्ष्य हासिल गर्नका निम्ति वित्तीय समावेशीकरणको आवश्यकतामा जोड दिएका छन् । अलाएन्स फर फाइनान्सियल इन्क्लुसन(एएफआई) द्वारा २०७८ मङ्सिर १ गते आयोजित साउन एशिया लिडर्स राउन्ड टेबल विषयक भर्चुअल बैठकमा उद्घाटन मन्तव्य राख्दै एएफआई) को सञ्चालक समितिका सदस्यसमेत रहेका गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन् ।

उनले भने, “गरिबी निवारणको लक्ष्यसम्म पुग्न वित्तीय समावेशीकरण एउटा महत्वपूर्ण पक्ष हो । गरिबी निवारण दक्षिण एसियाकै प्राथमिकतामा रहेकाले यस क्षेत्रका केन्द्रीय बैंकले वित्तीय पहुँचबाहिर रहेका जनसंख्यालाई वित्तीय सेवामा आबद्ध गर्ने गरी नीतिको तर्जुमा र कार्यान्वयन गर्नु अहिलेको  आवश्यकता हो ।” 

पछिल्लो दशकमा दक्षिण एसियामा वित्तीय समावेशीकरणको अवस्थामा उल्लेख्य सुधार देखिएको उनको धारणा थियो । कोभिड–१९ को महामारीको असरलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ दक्षिण एसियाली क्षेत्रका केन्द्रीय बैंकले समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति विद्युतीय भुक्तानी प्रणालीलाइ अवलम्बन गरेको धारणा गभर्नर अधिकारीले राखे ।  दक्षिण एसियामा वित्तीय समावेशीकरणको लक्ष्यलाई सार्थक तुल्याउन अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका नीतिगत व्यवस्था, नवीनतम ज्ञान र अनुभवको आदानप्रदान हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । त्यसका निम्ति एएफआईले सहजीकरण गर्नसक्ने उनको धारणा थियो । वित्तीय समावेशीकरणको साझा लक्ष्यलाई सफल बनाउर्न एएफआईमा आबद्ध केन्द्रीय बैंकहरूको क्षेत्रीय आबद्धतालाई सबल बनाउँदै राष्ट्रिय तथा क्षेत्रीय स्तरका रणनीतिको कार्यान्वयनमा सहकार्य गर्नुपर्ने आवश्यकता औँलाए ।

कोभिड महामारी यताको अवधिमा नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य बढोत्तरी आएको आँकडा गभर्नर अधिकारीले प्रस्तुत गरे । उनका अनुसार २०७७ असारदेखि २०७८ असारसम्मको अवधिमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका ग्राहक संख्या क्रमशः २६ र १३.७ प्रतिशतले वृद्धि भएको छ । यस्तै, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्पmत हुने कारोबारमा ५६ प्रतिशतले वृद्धि भएको जानकारी उनले दिए । बैठकमा एएफआईका कार्यकारी निर्देशक अल्फ्रेड ह्यानिङले वित्तीय समावेशीकरणको निम्ति एएफआईबाट क्षेत्रीयस्तरमा भएका नीतिगतप्रयास, कार्यान्वयनको अवस्था र सहकार्यका सम्भावित क्षेत्रहरूबारे जानकारी गराए । 

सो अवसरमा बङ्गलादेश बैंकका गभर्नर फाजल कबिर, माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम, सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर अजित र्निबाध क्याबराल, रोयल मनिटरी अथोरिटी अफ भुटानका डेपुटी गभर्नर फाजो दोर्जी, नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गि मास्केलगायतले वित्तीय समावेशीकरणको निम्ति आ–आफ्नो मुलुकमा भएका नीतिगत/कार्यगत प्रयासबारे जानकारी दिँदै ब्ँक्ष् सँगको आबद्धतामा हासिल भएका अनुभवबारे चर्चा गरे । साथै, वित्तीय साक्षरताको प्रवद्र्धन, वित्तीय ग्राहक संरक्षणको सुनिश्चितता, डिजिटल बैंकिङको विस्तार, साना तथा मझौला व्यवसायको प्रवद्र्धन गर्दै वित्तीय समावेशीकरणको निम्ति क्षेत्रीय समन्वय र सहकार्यको हुनुपर्ने आवश्यकतामा सहभागीहरुले जोड दिए ।


Share this with your friends: