गरिमा विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् अजेन्डा

2021-01-15
गरिमा विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा माघ ३० गते पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान १०.३० बजे आयोजना हुने भएको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १३.५ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १४.२१ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यसैगरी अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा गरिमा बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहका सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि माघ १२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: