गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

2021-04-28
गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनका लागि  बैंकले एनआइबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बैंकले एनआइबीएल एस क्यापिटललाई ८.७५५ गरिमा ऋणपत्रको निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरेको जनाएको छ ।

बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक श्री सचिन्द्र ढुंगानाले आज(बैशाख १५ गते) हस्ताक्षर गरेका हुन् ।  ।बंैकले रु.१,००० अंकित दरका दश लाख कित्ताले हुन आउने रु.एक अर्ब बराबरको ऋणपत्र निष्काशन गर्नेछ  । 

गरिमा विकास बैंक २०७४ चैत्र २७ मा आफ्नो केन्द«ीय कार्यालय महेन्द«पुल, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाण्डौंमा सारेको थियो । हाल बैंकको ३४ जिल्लामा १०६ शाखा कार्यालयहरु संचालित छन् ।

 


Share this with your friends: