गोखार्ज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-08-26
गोखार्ज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी भदौ २४ गते बिहिबारका दिन काठमाण्डौ सोल्टीमोडमा रहेको होटल इम्पेरियलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहि बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

 यस्तै आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना समेत गरी कुल ६जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: