गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा पुनःस्थगित

2021-09-09
गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा पुनःस्थगित

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित भएको छ । आज आयोजना हुने भनिएको कम्पनीको २६ औँ वार्षिक साधारण पुनः स्थगित भएको हो । 

वार्षिक साधारण सभा स्थगित गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश जारी भएकाले सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । 

सव्रप्रथम गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको थियो । उक्त बैठकले वैशाख २१ गते मंगलबारका दिन काठमाण्डौ भाटभटेनीमा रहेको अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा डाकेको थियो । तर काठमाण्डौ जिल्ला प्रशासनले कोरोना संक्रमणको नयाँ भेरियन्ट वृद्धि भएका कारण वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेकाले स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि भन्दै गत वैशाख १५ गते कम्पनीले सभा स्थगित गरेको थियो । 

उक्त स्थगित वार्षिक साधारण सभा कम्पनीको गत भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते बिहिबारका दिन आयोजना हुने गरी डाकेको थियो । 

 


Share this with your friends: