जनरल इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

2021-06-20
जनरल इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड चौथौ वर्षमा प्रवेश गरेको छ । आजभन्दा तीन वर्षअघि असार ६ गतेदेखि बीमा सेवाको सुरुवात गरेको कम्पनीले तीन वर्षे यात्रा सफलतापूर्वक पार गर्दै चौथो वर्षमा प्रवेश गरेको हो । 

वार्षिकोत्सवका अवसरमा कम्पनीले विश्वसागरी निरन्तर सहयोग गर्ने शुभचिन्तक तथा मार्गदर्शन गर्ने नियामक निकाय, सेयरधनी तथा ग्राहक वर्ग सबैप्रति कृतज्ञता व्यक्त गरेको छ । यस्तै कम्पनीले आगामी दिनहरुमा आफ्नो सेवालाई अझै गुणस्तरिय, आधुनिक, दिगो एवम् विश्वस्निय बनाउने प्रतिवद्धता जाहेर गरेको छ । 

कम्पनीले २०७७ असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुलाएको थियो। 

कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ३६ लाख २५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.१० प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १९ करोड ५० लाख २५ हजार रुपैयाँ थियो। यस्तै तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ६ करोड ३६ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १०७।४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 


Share this with your friends: