जनरल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ३१ मा, यस्ता छन् मुख्य अजेन्डा

2021-06-25
जनरल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ३१ मा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो । 

कम्पनीको तेस्रो वार्षिक साधारण सभा आगामी असार ३१ गते सोमबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना हुने भएको छ । उक्त सभामा कम्पनीले कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७६÷७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित गरिनुका साथै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: