जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

2021-07-28
 जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १२ गते मंगलबार ३.३० बजे बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त भएका छन् । 

कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गरेको थियो । 


Share this with your friends: