ज्योति लाइफको बीमाशुल्क आर्जन ९२.५३%ले वृद्धि, मुनाफा पनि ५६.५६ %ले बढ्यो

2021-01-29
ज्योति लाइफको बीमाशुल्क आर्जन ९२.५३%ले वृद्धि, मुनाफा पनि ५६.५६ %ले बढ्यो

काठमाण्डौ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९२.५३ प्रतिशतले धेरै हो। अघिल्लो आ.व को दोस्रो त्रैमाससम्ममा कम्पनीले ७२ करोड ५४ लाख ७३ हजार ३७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ११ करोड ११ लाख १८ हजार ७२४ रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९३.७५ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष यो रकम ५ करोड ७३ लाख ४८ हजार ८३८ रुपैयाँ थियो। 

यस्तै समिक्षा अवधिमा कम्पनीले १  करोड ५१ लाख ७५ हजार ०५५ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोहि अवधिमा यो रकम १८ लाख ३ हजार ६३२ रुपैयाँ थियो। यसरी अघिल्लो वर्ष तुलनामा कम्पनीले ७४१.३६ प्रतिशत बढी दाबी भुक्तानी गरेको छ। 

समिक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ। यो अवधिमा कम्पनीले १० करोड ७८ लाख ७१ हजार ३६७ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको भन्दा ५६.५६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ६ करोड ८९ लाख ३९७ रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। कम्पनीको व्यवस्थापन खर्च १८ करोड ९० लाख ६२ हजार २११ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च १४ करोड ९६ लाख ११ हजार ८६७ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर २ अर्ब ९१ करोड ७९ लाख ८६ हजार ६४९ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १४१.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार १ अर्ब २० करोड ८१ लाख ७८ हजार २९४ रुपैयाँमा सीमित थियो। 
अघिल्लो वर्ष ३३ करोड ४६ लाख ५० हजार २२६ रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर ४८ करोड २४ लाख ७३ हजार १९७ रुपैयाँको उचाइमा पुगेको छ। 

त्यस्तै कम्पनीले जारी गरेको बिमालेख संख्या ७४ हजार ७०३ रहेको छ। अघिल्लो वर्ष दोस्रो त्रैमाससम्ममा कम्पनीले ३६ हजार ६६३ बिमालेख जारी गरेको थियो। 
कम्पनीको प्रति सेयर आम्दानी९इपिएस० १४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३४.८१ रुपैयाँ र प्रति कुल सम्पत्तिको मूल्य ३३९.९३ रुपैयाँ रहेको छ। 


Share this with your friends: