ज्योति लाइफले पायो आईपीओ निष्कासनको अनुमति

2021-02-21
ज्योति लाइफले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोनले) फागुन ७ गते रु. ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो । 

आईपीओ निष्कासनको अनुमति प्राप्त गरेसँगै अब कम्पनीले रु.६६ करोड बराबरका ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । 

कम्पनीले जारी गर्ने आईपीओको कुल निष्कासन मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डहरुलाई छुट्याइएको छ भने बाँकी रहेको ९० प्रतिशत कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।   

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ। 

कम्पनीको यसअघि कात्तिक २६ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने मुख्य अजेन्डा पारित गरेको थियो। 

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा  १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९२.५३ प्रतिशतले धेरै हो। अघिल्लो आ,व को दोस्रो त्रैमाससम्ममा कम्पनीले ७२ करोड ५४ लाख ७३ हजार ३७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १० करोड ७८ लाख ७१ हजार ३६७ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको भन्दा ५६.५६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ६ करोड ८९ लाख ३९७ रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गरेको थियो। 

 


Share this with your friends: