काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीले रोजगारीको सिलसिलामा मलेसियामा रहेका बेला ज्यान गुमाएकी आइतमाया मगरको परिवारलाई म्यादी बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।
उक्त रकम कम्पनीले मृतक बीमितको घरमै पुगेर हस्तान्तरण गरेको जनाएको छ ।
कम्पनीले मृतक आईतमाया मगरको नाममा ३ बर्षअवधिको म्यादी बीमा वापतको रकम उनका भाई जीवन मगरलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।