काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस परिमार्जन गरेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस परिमार्जन गरेको हो ।
बैठकले यसअघि प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्तावलाई परिमार्जन गर्दै १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ ।
बीमा समितिले लाभांस परिमार्जन गर्न निर्देशन दिएसँगै कम्पनीले बोनस र नगद लाभांसमा परिमार्जन गरेको हो ।