ज्योति विकास बैंकका अध्यक्षको राजीनामा स्वीकृत,नयाँ अध्यक्षमा खड्का चयन

2022-01-25
ज्योति विकास बैंकका अध्यक्षको राजीनामा स्वीकृत,नयाँ अध्यक्षमा खड्का चयन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडका अध्यक्ष हरिप्रसादको राजीनामा स्वीकृत भएको छ ।   

हरिप्रसादले माघ १० गते दिएको राजीनामा बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

यसका साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने हरिचन्द्र खड्कालाई सर्वसम्मतिले चयन बैंकले जनाएको छ । 


Share this with your friends: