ज्योति लाइफको मुनाफा २४.२३%ले बढ्यो,बीमाशुल्क आर्जन रु.१.६४ अर्ब

2022-01-31
ज्योति लाइफको मुनाफा २४.२३%ले बढ्यो,बीमाशुल्क आर्जन रु.१.६४ अर्ब

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड ३९ लाख १७ हजार ८८२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १७.६९ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २० करोड १२ लाख ६१ हजार ३४९ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ११ करोड ११ लाख १८ हजार ७२४ रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीले ९ करोड ४३ लाख ७८ हजार ७३५ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्ममा यो रकम १ करोड ५१ लाख ७५ हजार ०५५ रुपैयाँ थियो। 
 
यो अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १३ करोड ४० लाख ७ हजार ७४८ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २४.२३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीले १० करोड ७८ लाख ७१ हजार ३६७ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च २२.५९ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च २३ करोड १७ लाख ६७ हजार १७१ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च १८ करोड ९० लाख ६२ हजार २११ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ५ अर्ब १४ करोड ४४ लाख ७६ हजार ३७७ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७६.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २ अर्ब ९१ करोड ७९ लाख ८६ हजार ६४९ रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्ष ४८ करोड २४ लाख ७३ हजार १९७ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ७२ करोड ९० लाख ८८६ रुपैयाँको उचाइमा पुगेको छ। 

कम्पनीको प्रति सेयर आम्दानी १२.१८ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३६.८८ पिई अनुपात ५४.५९ र प्रति सेयर कुल सम्पत्तिको मूल्य ३९४.७२ रुपैयाँ रहेको छ । 


Share this with your friends: