तिनाउ मिसन डेभलपमेन्ट बैंकद्वारा विशेष साधारण सभा आह्वान

2020-11-03
तिनाउ मिसन डेभलपमेन्ट बैंकद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ। बैंकले आउँदो मंसिर ७ गते विशेष साधारण सभा डाकेको हो। 

बैंकको सञ्चालक समितिको हिजो(सोमबार) बसेको बैठकले विशेष साधारणसभा रुपन्देहीको बुटवलस्थित बैंकको केन्द्रीय सभाहलमा भिडियो कन्फ्रेन्सबाट आयोजना गर्ने निर्णय गरेको छ। उक्त विशेष सभामा सेयर संरचना परिवर्तन गर्न प्रबन्धपत्रमा प्रस्ताव गरेबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 
यसका साथै विशेष साधारणसभाद्वारा स्वीकृत गरिएको प्रस्तावित प्रबन्धपत्रको संशोधन कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट स्वीकृत गराउनका लागि आवश्यकताअनुसार सोमा थपघट गर्न वा सच्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

हाल बैंकको संस्थापक सेयरधनी समूहको सेयर स्वामित्व ६३।५६ र सर्वसाधारण समूहको सेयर स्वामित्व ३६.४४ प्रतिशत रहेकोमा संशोधनपछि सेयर स्वामित्व संस्थापक समूहको ५३.३३ र सर्वसाधारण समूहको ४६.६७ प्रतिशत हुनेछ।

विशेष साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

 


Share this with your friends: