दशैँका लागि नयाँ नोटको सटही असोज ४ देखि

2021-09-15
दशैँका लागि नयाँ नोटको सटही असोज ४ देखि

काठमाण्डौ । बडा दशैँका लागि आगामी असोज ४ गतेदेखि नयाँ नोट सटहीको व्यवस्था गरिएको छ । बडा दशैँको अवसरमा कोरोनाभाइुरस संक्रमणको जोखिमलाई समेत मध्यजनर गरी काठमाण्डौ उपत्यकाको हकमा असोज ४ गतेदेखि नयाँ नोट सहटीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको हो । 

ग्राहकहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिन्य बैंकहरुको शाखा कार्यालयहरु गर्न सक्ेनछन् । 

काठमाण्डौ उपत्यका बाहिरको हकमा भने नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखा कार्यालयहरुबाट नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

यसरी नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानिय प्रशासनले ताकेको स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरीको पूर्ण पालना गर्न बैंकले आग्रह गरेको छ ।   


Share this with your friends: