नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ स्थापना गर्ने उद्घोष

2021-06-30
नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ स्थापना गर्ने उद्घोष

काठमाण्डौ । नबिल बैंक लिमिटेडले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ। 

बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो। 

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरुसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघुउद्यम सिर्जना गर्नका लागि सुविधाहरु प्रदान गर्ने सोच बैंकले लिएको छ। ‘समग्र बैंकिङ क्षेत्रले लाखौँको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरु ल्याउन सक्षम भएको छ। वर्षौंको दौडान हामी साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ। हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरुको बारेमा सचेत रहन आवश्यक छ’, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भने,  ‘तसर्थ नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ। हामी नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौँ, जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दछ। यसका साथ हामी लगानी गर्ने कम्पनीहरुमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौँ।’

ग्रामीण नेपाल र वित्तीय पहँुच न्यून भएका वर्गहरुका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ। यी उत्पादनहरु देशव्यापी रुपमा सबै शाखाहरुमा ल्याइए पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखामा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहनेछ।

आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सीटीईभीटी) का साथ समझौतापत्रमा पनि हस्ताक्षर गरेको छ। बैंकले यस समझौतामार्फत देशभरिका सीटीईभीटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरुलाई आफ्नो दिगो तथा अन्य लघूवित्त÷वञ्चित क्षेत्रका उत्पादनहरु प्रदान गर्नुपर्नेछ। समझौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सीटीईभीटीका सदस्य सचिव जीव नारायण काप्mलेले हस्ताक्षर गरेका छन्।

बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालय, १८५ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सन्जालमार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ। 


Share this with your friends: