नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि सम्झौता

2022-04-24
नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि सम्झौता

काठमाण्डौ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ। 

मध्यबानेश्वरस्थित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरेका छन्। 

सम्झौताका मुख्य विशेषता कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोष (सीआरईएफ)ले २० प्रतिशत साँवा रकमसम्मको सुरक्षण प्रदान गर्नेछ। यसअन्तर्गत सुरुमा यस जमानतले रु। १० करोडसम्मको सुरक्षण प्रदान गर्नेछ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले यूकेएडको सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्ड ९एसईसीएफ०को स्थापना गरेको छ। एसईसीएफले नवीकरणीय ऊर्जा परियोजनाहरुलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ। यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवर्द्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उद्देश्य लिएको छ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्च पदस्त कर्मचारीसमेतको उपस्थिति रहेको थियो। 

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुआत गरेको हो। यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ


Share this with your friends: