नबिल बैंकको कम्पनी सचिवमा पौडेल नियुक्त

2021-05-30
नबिल बैंकको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडको कम्पनी सचिवमा प्रविण पौडेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कमपनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। 

उनलाई सोहि मितिदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो। यस्तै उक्त बैठकले यसअघिका कम्पनी सचिव माधव प्रसाद रेग्ग्मीको राजीनामा जेठ १५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको बैंकले जनाएको छ। 

 


Share this with your friends: