नबिल बैंकको बैंकिङ सेवा आजदेखि तीन दिनका लागि बन्द

2021-06-18
नबिल बैंकको बैंकिङ सेवा आजदेखि तीन दिनका लागि बन्द

काठमाण्डौ । नबिल बैंकको बैकिङ सेवा आज(असार ४ गते)देखि तीन दिनसम्म अवरुद्ध भएको छ । कम्पनीले कोर बैकिङ  सिस्टम(सीबीएस(स्तरोन्नति गर्नुपर्ने भएकाले आज शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म बैंकिङ सेवा बन्द हुने जनाएको हो ।

सो अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक)रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द रहने बेंकले जनाएको छ । 

यस्तै बैंकले बैंकिङ कारोबारहरु बन्द रहने मितिमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरुका लागि सम्बन्धित शाखा कार्यालयहरुमा अग्रिम रुपमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । 


Share this with your friends: