नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबार आजदेखि सुचारु

2021-06-21
नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबार आजदेखि सुचारु

काठमाण्डौ । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैकिङ सेवा आज(असार ७ गते)देखि पुनःसुचारु गरिएको छ । 

बैंकले कोर बैकिङ  सिस्टम(सीबीएस)स्तरोन्नति गर्नुपर्ने भएकाले गत शुक्रवारदेखि आज बिहान ९ बजेसम्मका लागि आफ्नो बैंकिङ सेवा बन्द गरेको थियो । 

सो अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक)रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द रहेको थियो । 

बैंकले स्तरोन्नति प्रक्रियामा हौसला दिने, सहयोग गर्ने र धैर्य भई कुरिदिने ग्राहक, निक्षेपकर्ता, नियामक निकायहरुलगायत सबै सरोकारवालाहरुलाई बैंकले कृतज्ञता व्यक्त गरेको छ। 


Share this with your friends: