नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

2021-04-30
नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन्। बैंकको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ दफा १४ को उपदफा(२) को खण्ड(ख) ऐ उपदफा ३ तथा कम्पनी ऐन २०६३ को दफा ८७ बमोजिम बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको बैंकद्वारा जारी पत्रमा उल्लेख गरिएको छ। 


Share this with your friends: