नेको इन्सुरेन्सद्वारा लाभांस प्रस्ताव

2021-05-24
नेको इन्सुरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिद्वारा प्रस्तावित लाभांशमा १५.५ प्रतिशत बोनस सेयर र ०.८२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

यो लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ । 


Share this with your friends: