नेको इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-06-25
नेको इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी असार ३१ गते बिहिबारका दिन काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको भवनमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १५.५ प्रतिशत बोनस सेयर र ०.८२५ प्रतिशत नगद लाभांस गरी कुल १६.२३५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ । 
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

कम्पनीले वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि आगामी असार १८ गतेदेखि साधारण सभा नहुनजेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: