नेको इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-07-01
नेको इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १८ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि १५.५ प्रतिशत बोनस सेयर र ०.८२५ प्रतिशत नगद लाभांस गरी कुल १६.२३५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कम्पनीको आगामी असार ३१ गते आयोजना हुने कम्पनीको २५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: