नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-07-02
नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १५.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १४२९ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १६५० रुपैयाँ कायम थियो ।
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि १५.५ प्रतिशत बोनस सेयर र ०.८२५ प्रतिशत नगद लाभांस गरी कुल १६.२३५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कम्पनीको आगामी असार ३१ गते आयोजना हुने कम्पनीको २५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: