नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने

2021-07-05
नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले भोलि(असार २२ गते बोलकबोलमार्फत विकास ऋणपत्र २०८३ ङ बिक्री गर्न लागेको हो । 

यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुले खरिद आवेदन दिन सक्नेछन् । यो ऋणपत्र धितो राखि कर्जा लिन सकिनेछ । 

यो ऋणपत्रको बोलकबोल भोलि दिनको ३ बजे हुनेछ । ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र https://obss.nrb.org.np/pd  को online bidding software मार्फत बोलकबोल पेश गर्नुपर्नेछ । 

यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा गरिनेछ र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । 


Share this with your friends: