नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा पोखरेल नियुक्त

2021-07-25
नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई कम्पनीको निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

यसअघि कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद साउन ८ गते समाप्त भएको थियो । 

नवनियुक्त निमित्त सीईओ पोखेरेललाई नयाँ नियुक्ती नहुन्जेलसम्मका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

पोखरेल कम्पनीमा नायब प्रमुृख कार्यकारीका रुपमा कार्यरत छन् । 


Share this with your friends: