नेपाल इन्स्योरेन्स कम्पनीद्वारा दाबी भुक्तानी

2021-07-27
नेपाल इन्स्योरेन्स कम्पनीद्वारा दाबी भुक्तानी

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक राजदेव यादवको हकवालालाई रु.२५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । 

मृतक यादवले जगदम्वा मोटर्स प्रा.लि मार्फत नेपाल ईन्स्योरेन्समा दुर्घटना बीमा गराएका थिए । मृत्यु दाबी अन्तर्गतको २५ लाख रुपैयाँको चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्वा मोटर्स प्रा.लि.का प्रतिनिधि  दिनेश राज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गरेका हुन् । 


Share this with your friends: