नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा आज, सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरिने

2020-10-14
नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा आज, सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरिने

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार विशेष साधारणसभा डाकेको छ। बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया टुंगो लगाउनका लागि विशेष साधारणसभा डाकेको हो। 

बैंकले काठमाण्डौको दरबारमार्गस्थित बैंककै रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत विशेष साधारणसभा आयोजना गर्न लागेको हो। यसका लागि बैंकले सेयरधनीहरुलाई मिटिङ आईडी र पासवर्ड उपलब्ध गराइसकेको छ। 

सभाले सिटी एक्सप्रेसलाई प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्राप्ति प्रयोजनका लागि निर्धारण गरिएको सिटी एक्सप्रेसको सेयरमूल्य पारित गरी प्राप्ति कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

नेपाल इन्भेस्टमेन्ट बबैंकले सिटी एक्सप्रेसलाई १००ः३० सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। यो सेयर स्वाप रेसियोअनुसार सिटी सिटी एक्सप्रेसको १०० कित्ता सेयरबराबर नेपाल इन्भेस्टमेन्ट बैंकको ३० कित्ता सेयरमात्र हुनेछ। 
सभाले सिटी एक्सप्रेसलाई प्राप्ति गर्नेसम्बन्धी अन्तिम सम्झौतापत्र तथाअन्य भए गरेका सबै सम्झौताहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 
अब आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायहरुमा निवेदन गर्न र अन्य कानुनबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सिटी एक्सप्रेसलाई प्राप्ति गरेपछि बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने तथा संस्थापक तथा सर्वसाधारण सेयरको स्वामित्व प्रतिशतसमेत फेरबदल हुने हुँदा सोहीअनुसार बैंकको प्रबन्धपत्रका दफहरुमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनार्थ बैंकले असोज १६ गतेदेखि विशेष साधारणसभा नभएसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो। 

 


Share this with your friends: