नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ जारी मुख्य अजेन्डा

2020-10-21
नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आफ्नो आउँदो मंसिर ३ गते आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो। 
बैंक सञ्चालक समितिको गत कात्तिक २ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयमा हुनेछ । सभा अनलाइन प्रविधिमार्फत गरिने बैंकले जनाएको छ। त्यसका लागि सेयरधनीहरुलाई आईडी र पासवर्ड पठाइने बैंकले जनाएको छ।

सभामा रु। ८ अर्बको आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव पारित हुनेछ। बैंकको जारी पुँजीअन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ४० प्रतिशत ९सर्वसाधारण समूहभित्र नै वर्गीकरण हुने गरी कर्मचारीलाई छुट्याइएको ०।२ प्रतिशत सेयरसहित० हुने जम्मा ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

आईपीओ निष्कासनलाई आवश्यक सबै प्रक्रिया र कार्य गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारी अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 
आईपीओ निष्कासनका क्रममा बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन वा थप गर्नुपरेमा आवश्यकअनुसार गरिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 


Share this with your friends: