नेपाल राष्ट्र बैंकद्वारा सुरक्षा सतर्कता अपनाई सजगताका साथ कारोबार गर्न निर्देशन

2022-01-10
नेपाल राष्ट्र बैंकद्वारा सुरक्षा सतर्कता अपनाई सजगताका साथ कारोबार गर्न निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोरोनाको नयाँ भेरियन्ट फैलिन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षा सतर्कता अपनाई सजगताका साथ कारोबार गर्न निर्देशन दिएको छ । 

राष्ट्र बैंकले इजाजतप्राप्त क,ख,ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जाखिमलाई न्यूनिकरण गर्न आवश्यक उपाय अबलम्बन गर्न निर्देशन दिएको छ । यस्तै सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न बैंकले निर्देशन दिएको छ । 

यसैगरी बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुल्ला राखी स्यानेटाइजरको व्यवस्था गर्ने र बैठक रगोष्ठी, तालिम जस्ता भौतिक दूरी सुनिश्चित गर्ने र सकभर अनलाइनमार्फत नै गर्न निर्देशन दिएको छ । 


Share this with your friends: