नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा यादभेन्द्र कान्त नियुक्त

2020-11-02
नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा यादभेन्द्र कान्त नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृत पदमा यादभेन्द्र कान्त नियुक्त भएका छन्। नेपाल एसबिआई बैंक र भारतीय स्टेट बैंक(एस.बी.आई)को प्राविधिक सेवा सम्झौता बमोजिम बैंकमा यसअघि प्रमुख सञ्चालन अधिकृत पदमा खटिई आएका शुभकान्त कानुनगोले आफ्नो कार्याकाल पुरा गरी कात्तिक १५ गते भारत फिर्ता भएकाले उनको स्थानमा भारतीय स्टेट बैंकले बैंकको प्रमुख सञ्चालन अधिकृत पदमा यादभेन्द्र कान्तलाई खटाई पठाएको बैंकले एक सूचना जारी गरी जनाएको छ। 

भारतीय स्टेट बैंकबाट खटाइएका कान्तलाई कात्तिक १५ गतेदेखि नै पदबाहल गराइएको नेपाल एसबिआई बैंकले जानकारी दिएको छ। यसका साथै बैंकको नायव कार्यकारी अधिकृत पदमा कम्पनीका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई नियुक्त गरिएको बैंकले जनाएको छ। 

 


Share this with your friends: