नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

2021-11-25
नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । एनआईशी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक सेयर आज(मंसिर ९ गते)देखि बिक्रीमा राखिएको हो। 

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेशनल लाइफको प्धान कार्यालयमा आईपुग्ने गरी आावेदन दिनुपर्नेछ । 
तोकिएको मितिभित्र आवेदन नपरेमा यो सेयर अन्य व्यक्ति, कम्पनी वा संघ संस्थाहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।


Share this with your friends: