नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2022-01-27
नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आ.व २०७६/७७ का लागि हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार २०३ रुपैयाँको १९ प्रतिशतले हुन आउने ६४ करोड ४२ लाख ६८ हजार ९४९ रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: